यो कोरियामा भएका नेपाली ख्रीष्टीयानहरूको एउटा समुदाय हो, जो परमेश्वरलाई आफ्नै राष्ट्रीय भाषामा आराधना-सँगति गर्न र उहाँको सुसमाचार सारा संसारमा सुनाऊ भन्ने महान् आज्ञा पूरा गर्न अग्रसर छ। यो ओन्नुरी सामुदायिक मण्डली, सबिंगो (सऊल)को प्रवासी सेवाहरूमध्येको एउटा सेवा हो। यहाँ हामी नेपाली ख्रीष्टीयानहरूले नेपाली ख्रीष्टीयान संस्कृतिको अभ्यास गर्दै प्रभुको आराधना-सेवा गर्न पाउँदछौं। यहाँ भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो काम तथा पढाइको थकानका बाबजूद पनि सँगतिमा भेला भएर एक- अर्कालाई प्रोत्साहन, सहायता र प्रार्थना गर्नुले प्रभु येशूको साँचो प्रेम देख्न सकिन्छ। कोरियामा ईपीएस कामदारहारूको पूरा काम गर्ने अवधी छोटो भएकाले उहाँहरूको बीचमा सेवा गर्नु चुनौतिपूर्ण छ। तर पनि प्रभुको अनुग्रह, ओन्नुरी सामुदायिक मण्डलीको प्रार्थना, सहायता र प्रेमको कारण ओन्नुरी नेपाली ख्रीष्टीयान समुदाय यस अवस्थामा खडा हुन सकेको छ। तपाईको प्रार्थना हाम्रो लागि अति महत्वपूर्ण छ । दक्षिण कोरियामा तपाईं आत्मिक सेवा-सँगतिको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।

उद्देश्य (Purpose)

यस ओन्नुरी नेपाली समुदायका मुख्य उद्देश्यहरू तीन ओटा छन्:

  • कोरियामा काम, व्यवसाय तथा अध्ययनको सिलसिलामा आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जसले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर चिन्नुभएको छैन, उहाँहरूलाई येशू ख्रीष्ट नै प्रभु र मुक्तिदाता भनेर चिनाउनु हो।
  • येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता रूपमा पाइसकेकाहरूलाई नेपाली भाषामा नै सँगति प्रदान गरी पवित्र आत्माको एकतामा परमेश्वरलाई आराधना चढाउँदै आत्मिक रूपमा बढ्नलाई सहायता गर्नु हो।
  • विभिन्न खाँचो वा अप्ठ्यारोमा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभु येशूको प्रेममा भौतिक, मानसिक तथा आत्मिक सहायता गर्नु हो ।

इतिहास

अहिलेसम्म ओन्नुरी सामुदायिक मण्डली अन्तरगत दुई ओटा नेपाली ख्रीष्टीयान सँगतिहरू छन्। पहिलो ओन्नुरी नेपाली सँगति सबिंगोमा र दोस्रो ओन्नुरी इम्मानुएल नेपाली सँगति आन्सान हुन्।

ओन्नुरी नेपाली सँगति सबिंगो सन् १९९३ डीसेम्बर २५ मा लगभग १२ जना नेपालीहरूको भेलाबाट पास्टर के. बी. (खड्ग बहादुर) राईको अगुवापनमा सुवन शहरबाट सुरु भएको हो। यो सँगति पछि १९९४ मा सरेर १९९७ मार्चसम्म आन्याङ इन्दग्वनमा रह्यो। त्यसैगरी १९९७ अप्रीलदेखि १९९८ फेब्रूअरीसम्म खुम्जङमा र त्यसपछि सबिंगो ओन्नुरी चर्चमा रहिरहेको छ। यो कोरियाकै इतिहासमा पहिलो नेपाली सँगति हो। यसका सुरुवाती दिनहरू निकै कष्टपूर्ण साथसाथै उत्साहपूर्ण रहे। हुनत: त्यसबेला कोरियामा नेपाली राजनैतिक र क्षेत्रीय पार्टीहरू, र मोबाइल फोन पनि नभएकाले यो सबैको भेट हुने र दु:ख बिसाउने चौतारी भएको थियो। मानिसहरू प्रभु येशूका निम्ति र सँगति गर्न एकदमै तिर्खाउँथे। यसले त्यस बेला धेरै नेपालीहरूलाई उनीहरूको दु:खमा प्रभुको प्रेमले मलहम लगाएर निको पार्ने र एकतामा बाँध्ने काम गरेको थियो। यसले धेरै रोगी- बिरामीहरू, प्राकृतिक विपत्तिका पीडितहरू र मण्डली निर्माणका निम्ति प्रार्थना र आर्थिक सहायता गर्यो र गरिरहेको छ। यसलाई सुरुमा नेपाली ख्रीष्टीयान सुसमाचारीय सँगति कोरिया नामले चिनिन्थ्यो भने हाल ओन्नुरी नेपाली सँगति सबिंगोले चिनिन्छ। यस सँगतिबाट विश्वास गरेर बप्तिस्मा लिएका कति जना सदस्यहरू हाल कोरिया अनि नेपालमा पास्टर, एल्डर, डिकन, अगुवा र सक्रिय विश्वासीहरू भएर सेवा गरिरहनु भएको छ। यहाँ सँगति गर्नु एक हिसाबले कोरियाको नेपाली ख्रीष्टीयान इतिहाससँग सम्बन्ध गाँस्नु पनि हो। यस सँगतिमा क्रमश: पास्टर के. बी. राई (१९९३ डीसेम्बर २५-१९९८ नोभेम्बर), पास्टर फिलिप गजमेर (२०००-२००५ डिसेम्बर), मीसिनरी चो ख्यङ् गुन (२००६ जनुवरी-२०१० जून), र पास्टर शरद के. सी. (२०१० जूलाई-२०१३ मार्च) ले पास्टरीय सेवा गरिसक्नुभएको छ। पास्टर देबेन्द्र राज निरौलाले २०१३ अप्रीलदेखि हालसम्म सेवा गरिरहनुभएको छ। उहाँ अहिले सऊल ख्रीष्टीयान यूनिभर्सिटी सऊलका पीएच. डी. विद्यार्थी पानि हुनुहुन्छ। हाल यसमा ३३ जना बप्तिस्मा भएका सदस्यहरू हुनुहुन्छ। कति जनाको प्रत्येक आइतबार छुट्टी नहुने हुनाले हामी २५-३५ जना नियमित सँगतिमा भेला हुन्छौं।

<< 사진 >>

There are two Nepali Community fellowships under Onnuri Community Church. First one is Onnuri Nepali Fellowship Seobingo and second one is Onnuri Emmanuel Nepali Fellowship Ansan.

 

हाम्रा क्रियाकलापहरू (Our activities)

सोमबारदेखि शुक्रबारसम्म (Monday to Friday)

  • ९:००-१०:०० बजे “हाम्रो घर” (सेल्टर) मा प्रार्थना र बाइबल अध्ययन
  • 9:00-10:00 pm – prayer and Bible study in “Our House” (shelter)

 

शनिबार (Saturday)

  • ८:००-८:४५ बजे “हाम्रो घर” मा बेलुकीको नेपाली खाना
  • ९:००-१०:०० बजे “हाम्रो घर” मा सँगति
  • 8:00-8:45 pm – Nepali food in the evening at “Our House”
  • 9:00-10:00 pm – fellowship in “Our House”

 

महिनाको पहिलो आइतबार (First Sunday of the month)

  • ८:००-८:३० बजे “हाम्रो घर” (सेल्टर) मा बिहानको खाजा
  • १०:३०-१२:३० बजे खुम्जङ, हानारोमा आराधना सँगति
  • १:००-२:३० बजे “हाम्रो घर” (सेल्टर) मा दिउँसोको नेपाली खाना
  • 8:00-8:30 am – breakfast at “Our House” (shelter)

10:30-12:30 am – worship service at Geumjeong, Hanaro

  • 1:00-2:30 pm – Lunch at “Our House”

महिनाको पहिलो बाहेक अरू आइतबार (Other Sundays except first)

  • बिहान १०:००-११:०० बजे “हाम्रो घर” (सेल्टर) मा बिहानको खाना
  • १:००-२:०० बजे ओन्नुरी सामुदायिक मण्डली, सबिंगोमा कोरियन भाषा कक्षा
  • २:००-२:१५ बजे ओन्नुरी नेपाली सँगति, सबिंगोमा देश-विदेश र मण्डलीका निम्ति प्रार्थना
  • २:३०-४:०० बजे आराधना सँगति
  • ४:००-४:३० बजे खाजा
  • ४:३०-५:३० बजे नि:शुल्क साधारण स्वास्थ्य परीक्षण र उपचार

हरेक चौथो आइतबार ४:००-६:०० नि:शुल्क कपाल कटाई

 

वार्षिक कार्यक्रम (Yearly program)

  • कोरियन चाड सल्लालमा आत्मिक सेमिनार
  • में महिनामा बाहिर आराधना सँगति
  • हरेक जून महिनामा एक दिने साँङ्लो प्रार्थना
  • हरेक गर्मी बिदा (जूलाई अन्तिम वा अगष्ट सुरु) मा रमाइलो ठाउँमा घुमघाम र सेमिनार
  • कोरियन चाड छुसकमा Harvest Festival
  • ख्रीष्टमसमा सुसमाचारीय कार्यक्रम

सम्पर्क (Contact):

  • पास्टर देबेन्द्र राज निरौला
  • (Pastor Debendra Raj Niraula)
  • Cell Phone: 010-4706-4796
  • Email: debendra65@gmail.com

ओन्नुरी इम्मानुएल नेपाली सँगति, आन्सान कोरियामा भएका ठूला नेपाली सँगतिहरूमध्ये एउटा ठूलो नेपाली सँगति हो। यो सँगति सुरुवात गर्ने जिम्मेवारी सन् २००९ मा तिमोथी के. सी.ले पाए पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बीचमा सुसमाचार लिएर जानु त्यति सजिलो थिएन। त्यसैले उहाँ र पछि उहाँसँगै पास्टर भरत रसाईली अंग्रेजी सेवामा सहभागी भएर एल्डर किम मानसुनको नेतृत्वमा रहनुभएका कोरियन स्वयंसेवकहरू सँगै बसेर नेपाल र नेपालीहरूको लागि प्रार्थना गर्ने, आन्सान बजारमा सुसमाचारका पर्चाहरू वितरण गर्ने र नेपालीहरूलाई ओन्नुरी एम सेन्टरमा निमन्त्रणा गर्ने काम गर्नुहुन्थ्यो। फलस्वरूप पहिले नबिन ढुङ्गाना र पछि बिरेन्द्र तामाङ्गले येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरी पानीको बप्तिस्मा लिनुभयो। तरै पनि अझसम्म नेपाली सँगतिको स्थापना हुन सकेको थिएन। २०११ डीसेम्बरमा तिमोथी के.सी आफ्नो अध्ययन पूरा गरी नेपाल फर्कनु भयो । त्यसपछि नेपाली दाजुभाइहरू हरेक शनिबार साँझ एम.सेन्टरमा बस्ने, नेपाली खाना पकाएर खाने सरसल्लाह तथा परामर्श गर्ने, भजन गाउने, बाइबल अध्ययन र प्रार्थना गर्ने काम सुरु भयो । लामो समयको प्रार्थनाको उत्तर स्वरूप सन् २०१२ नोभेम्बर १८ तारिखका दिन त्यतिबेलाका एम सेन्टर निर्देशक पास्टर किम यङ छल, ओन्नुरी मिसन निर्दैशक प्रचारक किम छाङ ओक, ओन्नुरी चर्चका एल्डर किम मानसुन लगायत अन्य एल्डर तथा अन्य नेपाली पास्टर तथा अगुवाहरूको प्रार्थना सहित ओन्नुरी एम सेन्टर नेपाली सँगतिको स्थापना भयो र जसलाई ओन्नुरी इम्मानुएल नेपाली सँगति भनी नामाकरण गरियो । धेरै जनाले यस सँगतिबाट प्रभुलाई चिन्ने मौका पाउनुभएको छ भने कति जनाले असल अगुवाको रूपमा प्रस्तुत भइसक्नु भएकोछ । अहिले मण्डलीमा १७ जना बप्तिस्मा लिएका सदस्यसहित ४०–५० जना नियमित रूपमा सँगतिमा भेला हुने गर्नुहुन्छ । हाल यस सँगतिमा पास्टरको रूपमा पास्टर भरत रसाईली हुनुहुन्छ।

हाम्रा क्रियाकलापहरू (Our activities)

  • मौसमसार विभिन्न समयमा कोरियाका पर्यटकीय ठाउँहरूमा पिकनिक तथा भ्रमण तथा आत्मिक सम्मेलनहरूको ओजना
  • काम छोडेर बसेकाहरूको लागि आन्सानमा सेल्टरको सुविधा
  • समस्यामा परेका सदस्यहरूलाई सक्दो आवश्यक सेवा-सहायता उपलब्ध
  • आवश्यकता अनुसार भेघघाट तथा प्रोत्साहन र प्रार्थना
  • Picnic and visit in different Korean tourism spot according to season and organize spiritual conferences
  • Shelter facility to unemployed
  • Support and services to those members who are in difficulties
  • Visitings, encouragement and prayers to members according to need

 

नियमित सेवाहरू (Regular Services)

हरेक शनिवार (Every Saturday)

  • सेल्टर सँगति ४:००–५:०० साँझ
  • साँझको खाना एम. सेन्टरमा साँझ ७:००

खानापछि

  • प्रार्थना सँगति, बाइबल अध्ययन
  • अक्युपन्चर उपचार
  • चेलापना तालिम विश्वासीलाई मात्र
  • सर सल्लाह, परामर्श तथा प्रार्थना
  • Fellowship at shelter (4:00-5:00 pm)
  • Dinner at M Center (7:00 pm)

After dinner

  • Bible study prayer
  • Acupuncture treatment
  • Discipleship training only for Believers
  • Counseling and prayer

एम सेन्टरका शनिबार दिउँसोका सेवाहरू (M Center’s afternoon services)

  • म्युजिक कक्षा, कोरियन खाना बनाउने कक्षा, मेकअप कक्षा, गेमका साथै कम्प्यूटर कक्षा ।
  • Music class, Korean food cooking class, make up class, game and computer class.

हरेक आइतबार (Every Sunday)

  • व्यत्तिगत प्रार्थना तथा सरसफाई ६:००-७:४५
  • बिहानको खाजा ८:००–८:४५
  • नियमित आराधना सेवा १०:३० –१२:००
  • खाना १२:३०–१:००
  • छलफल, परामर्श प्रार्थना विदाई १:००–१:३०
  • Individual prayer and cleaning (6:00-7:45 am)
  • Breakfast (8:00-8:45)
  • Regular worship service (10:30-12:00 am)
  • Lunch (12:30-1:00 pm)
  • Worship sharing and prayer time

सम्पर्क (Contact):

पास्टर भरत रसाईली

(Pastor Bharat Rasaili)

Cell Phone: 010-6448-5708

Email: bharatrasaili@gmail.com